
श्रम तथा रोजगार सम्मेलन आजबाट सुरु भएको छ । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको आयोजनामा २७ फागुनसम्म चल्ने पाँचौँ राष्ट्रिय श्रम तथा रोजगार सम्मेलनको प्रधानमन्त्री केपी शर्मा ओलीले होटल याक एन्ड यतिमा उद्घाटन गरे ।
मन्त्रालयका अनुसार यो सम्मेलनमा आएका सुझावलाई आन्तरिक रोजगार प्रवर्दधनको आगामी १० वर्षे रणनीतिक योजनामा समावेश गरिनेछ । ‘उत्पादन र उत्पादकत्व विस्तार, आन्तरिक रोजगारीको दिगो आधार’ नारासहित सम्मेलन सुरु भएको हो ।
सम्मेलनमा तीनै तहका सरकारका साथै निजी क्षेत्र, ट्रेड युनियन तथा सरोकारवाला व्यक्ति तथा निकायको सहभागिता छ । यो सम्मेलनले रोजगारी सिर्जनामा योगदान दिने मन्त्रालयको विश्वास छ ।