चैत ३ गते आयोजना हुने तय भएको राधि विद्युत कम्पनी लिमिटेड कम्पनीको विशेष साधारण सभा गणपूरक संख्या नपुगेकाले स्थगित भएको साधारण सभा पुन हुने मिति तय गरिएको छ ।
चैत ३ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले यही चैत ११ गते ललितपुरको चापागाउँमा रहेको हिमशिखर पार्टी भेन्यूमा बिहान ८ बजेदेखि सभा आयोजना गर्ने निर्णय गरेको छ ।
उक्त सभामा हकप्रद सेयर निष्कासनपश्चात कायम हुने चुक्ताबराबर हुने गरी जारी पूँजी संशोधनसहित कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्नेर नियामक निकायहरुको निर्देशन बमोजिम कम्पनीको प्रबन्धपत्र तथा नियमावलीका प्रस्तावित संशोधनहरुमा परिमार्जन तथा थपघट गर्न आवश्यक भएमा सो गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव पारित गरिनेछ । सभामा २ जना सञ्चालकको नियुक्ती गर्ने र स्वतन्त्र सञ्चालकको नियुक्ती अनुमोदन गर्ने प्रस्ताव समेत पारित हुनेछ ।
विशेष साधारण सभा प्रयोजनका लागि कम्पनीले गत फागुन २५ गते एक दिनका लागि बुक क्लोज गरिसकेको छ ।

Online Arthik









