प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीले विभिन्न ५ जना संस्थापक सेयरधनीको स्वामित्वमा रहेको २ लाख ७४ हजार २०१ कित्ता संस्थापक सेयर आजदेखि बिक्रीमा राखेको छ ।
यसअघि कम्पनीका विद्यमान संस्थापक सेयरधनीहरुका लागि ३५ दिने सूचना जारी गरी बिक्रीमा राखिएकोमा कुनै आवेदन नपरेकाले अन्य व्यक्ति तथा कम्पनीका लागि यो सेयर बिक्रीमा राखिएको कम्पनीले जनाएको छ । सेयर खरिद गर्न इच्छुक लगानीकर्ताले सूचना प्रकाशित भएको ७ दिनभित्र आवेदन दिइसक्नुपर्नेछ । लगानीकर्ताले काठमाण्डौको कमलादीमा रहेको कम्पनीको केन्द्रीय कार्यालयमा आवेदन दिनु पर्नेछ ।

Online Arthik










