नेपाल सुनचादी व्यवसायी महासंघले प्रकाशित गरेको मूल्यसूची अनुसार आज सुनको मूल्य घटेको छ । हिजो स्थिर हरेको सुनको मूल्य भने आज प्रतितोला १ हजार रुपैयाँले बढेको हो । यो गिरावटसँगै सुनको मूल्य आज प्रतितोला १ लाख ७५ हजार रुपैयाँमा कारोबार भईरहेको संघले जनाएको छ ।
अघिल्लो दिन भने सुनको मूल्य प्रतितोला १ लाख ७६ हजार रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै आज चाँदीको मूल्य पनि घटेको छ । चाँदीको मूल्य ३५ रुपैयाँले घट्दै प्रतितोला १ हजार ९९५ रुपैयाँ कायम भएको छ । अघिल्लो दिन चाँदीको मूल्य प्रतितोला २ हजार ३० रुपैयाँमा किनबेच भएको थियो ।

Online Arthik










