लुम्बिनी विकास बैंक लिमिटेडले ग्लोबल मनी वीकको अवसरमा आफ्ना बिभिन्न शाखा कार्यालयहरु मार्फत वित्तीय साक्षरता कार्यक्रमको आयोजना गरेको छ । सन् २०१२ देखि Organization of Economic Cooperation and Development (OECD को संयोजनमा मनाउन शुरु गरिएको ग्लोबल मनी विकको तेह्रौं संस्करण यही चैत्र ४ देखि १० गतेसम्म आयोजना भएको थियो र उक्त साताब्यापी कार्यक्रम मार्फत बैंकले करिब एक हजार युवा विधार्थीहरुलाई बैंकिङका बिभिन्न पक्षहरुका बारेमा जानकारी प्रदान गरेको थियो । बैंकका कर्मचारीहरुले think before you follow, wise money tomorrow भन्ने नाराका साथ नेपाल राष्ट्र बैंकका प्रादेशिक कार्यालयहरु तथा स्थानीयस्तरमा बैंक तथा वित्तीय संस्थाहरुको संयुक्त रुपमा आयोजना गरेका वित्तीय सचेतनामुलक प्रभातफेरी कार्यक्रमहरुमा समेत सहभागिता जनाएका थिए ।

देशका ७ वटै प्रदेशमा शाखा सञ्चालन गरि कारोबार गर्दै आइरहेको लुम्बिनी विकास बैंक लिमिटेडको बिभिन्न स्थानहरुमा गरी ८९ वटा शाखा कार्यालयहरु तथा एक विस्तारित शाखा (एक्सटेन्सन काउण्टर) रहेको छ । यस लुम्बिनी विकास बैंक लिमिटेडले “निरन्तर सहयात्रा” भन्ने नाराका साथ उच्चस्तरीय, आधुनिक एवं नविनतम प्रविधिहरु सहितको सुरक्षित बैंकिङ्ग सेवा प्रदान गर्दै आईरहेको छ ।

तपाईको प्रतिक्रिया