विन नेपाल लघुवित्त वित्तीय संस्थाले यही चैत २१ गतेदेखि  जारी पूँजी ८ करोड ४३ लाख ४० हजार ५५० रुपैयाँ र चुक्तापूँजी ७ करोड ९२ लाख ११ हजार ३०० रकमबराबर प्रतिकित्ता रु. १०० अंकित दरका ५१ हजार २९२.५ कित्ता एफपीओ जारी गर्ने भएको छ।

।  संस्थाले स्वःपूँजी संरचनामा सर्वसाधारणको हिस्सा ३० प्रतिशत कायम गर्न सर्वसाधारणमा एफपीओ जारी गर्न लागेको जनाएको छ ।

एफपीओ निष्कासनका लागि इक्रा नेपालले संस्थालाई CARE-NP B(IS) SINGLE B ISSUER रेटिङ प्रदान गरेको छ। जसले समयमै वित्तीय दायित्व बहन गर्ने क्षमतामा बढी जोखिम रहेको जनाउँछ ।

एफपीओको निष्कासन बन्द छिटोमा चैत २६ गते र ढिलोमा वैशाख ४ गते बैंकिङ समयपछि हुनेछ । लगानीकर्ताले एफपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा १ हजार कित्तासम्मका लागि आवेदन दिन सकिनेछ।

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु तथा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडबाट निर्माण गरिएको सफ्टवेयर ‘मेरो सेयर’ अनलाइन प्रयोग गरी सि–आस्बा प्रणालीमार्फत आवेदन दिन सक्नेछन्।

धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकका रुपमा नेपाल एसबिआई मेर्चन्ट बैंकिङ लिमिटेड रहेको छ। संस्थाले एफपीओ निष्कासनका लागि नेपाल धितोपत्र बोर्डबाट गत माघ ३० गते अनुमति पाएको थियो ।

 

तपाईको प्रतिक्रिया