लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल (एलआईसी) कम्पनीले आर्थिक वर्ष २०८०/८१ को बीमाङकीय मूल्यांकन अनुसार मुनाफामा सरिक हुने सम्पूर्ण बीमालेखको बोनसदर सार्वजनिक गरेको छ ।  कम्पनीले उक्त बोनसदर नेपाल बीमा प्राधिकरणबाट चैत १७ गते स्वीकृत गरेको हो ।

कम्पनीले सार्वजनिक गरेको नयाँ बोनसदर अनुसार बीमितहरुले न्युनतम प्रतिहजार ४१ रुपैयाँदेखि अधिकतम प्रतिहजार ६५ रुपैयाँसम्म बोनसदर पाउनेछन् ।

नयाँ बोनसदर अनुसार जीवन विद्या, योजनामा प्रतिहजार ५१ रुपैयाँ, जीवन साथी योजनामा प्रतिहजार ५२ रुपैयाँ र जीवन श्री योजनामा प्रतिजार ५३ रुपैयाँ रहेको छ ।

त्यस्तै कम्पनीले सावधिक योजनामा न्युनतम प्रतिहजार ५१ रुपैयाँदेखि अधिकतम प्रतिहजार ६५ रुपैयाँसम्म र जीवन आनन्द योजनामा न्युनतम प्रतिहजार ५० रुपैयाँदेखि अधिकतम प्रतिहजार ६० रुपैयाँसम्म बोनस दिने भएको छ ।

इन्स्योरेन्सले बाल सावधिक योजनामा न्युनतम ५१ रुपैयाँदेखि अधिकतम ६४ रुपैयाँसम्म बोनसदर दिने भएको छ भने धन वृष्टि योजनामा न्युनतम प्रतिहजार ५५ रुपैयाँदेखि ५७ रुपैयाँसम्म बोनसदर रहेको छ ।

कम्पनीले धन फिर्ता योजनामा न्युनतम प्रतिहजार ५६ रुपैयाँदेखि ६० रुपैयाँसम्म बोनस दिने भएको छ । त्यस्तै एलआईसीले बाल ममता र बाल स्नेह बीमा योजनामा न्युनतम ५५ रुपैयाँदेखि अधिकतम ५७ रुपैयाँसम्म बोनसदर रहेको छ ।

नयाँ बोनसदर अनुसार जीवन तरंग र न्युन जीवन तरंग योजनामा न्युनतम प्रतिहजार ५० रुपैयाँदेखि अधिकतम प्रतिहजार ५५ रुपैयाँसम्म र जीवन बचत योजनामा न्युनतम प्रतिहजार ४१ रुपैयाँदेखि अधिकतम ६३ रुपैयाँ बोनस दिने भएको छ ।

कम्पनीले जीवन लाभ योजनामा न्युनतम प्रतिहजार ५१ रुपैयाँदेखि अधिकतम प्रतिहजार ५७ रुपैयाँसम्म, बाल समृद्धि योजनामा न्युनतम प्रतिहजार ५५ रुपैयाँदेखि अधिकतम ५६ रुपैयाँ र लघु सावधिक योजनामा प्रतिहजार ४१ रुपैयाँ बोनस दिने भएको छ ।

साथै कम्पनीले ‘जीवन सरल’ योजनाअन्तर्गत थप लोयल्टीको पनि व्यवस्था गरेको छ । उक्त योजनामा बीमितले ५ हजारसम्मका बीमाशुल्कमा २५५, ५ हजारदेखि २० हजारसम्ममा ३१०, २०००१ देखि ५०००० सम्ममा ३६५ र ५०००१ र सोभन्दा माथि ४०५ रुपैयाँ लोयल्टी पाउनेछन् ।

साथै, उक्त बोनसदर अर्को बीमाङकीय मूल्यांकन अनुसार बीमा समितिबाट अर्को व्यवस्था गर्न स्वीकृति नभएसम्म उल्लेखित दावीहरुमा समेत सोही बोनसदर लागु हुनेछ ।

उक्त बोनसदर मृत्यु दावी भुक्तानी, पूर्ण वा आंशिक अवधि दावी भुक्तानी, समर्पण मूल्य दावी भुक्तानी, चुुक्ता मूल्य दावी भुक्तानी तथा चालु बीमालेखहरुमा कायम हुने कम्पनीले जनाएको छ ।

 

तपाईको प्रतिक्रिया