नेपाल माइक्रो इन्स्योरेन्सको आईपीओ नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा सूचीकृत भएको छ । बिहीबार नेप्सेले कम्पनीको कुल ७५ लाख कित्ता शेयर सूचीकृत गरेको हो  ।

कम्पनीको सर्वसाधारण समूहको २२ लाख ५० हजार कित्ता र संस्थापक समूहको ५२ लाख ५० हजार कित्ता गरी कुल ७५ लाख कित्ता शेयर सूचीकृत गरेको नेप्सेले जनाएको छ ।

नेप्सेका अनुसार सूचीकृत भएसँगै कम्पनीको सोमबारदेखि दोस्रो बजारमा कारोबारमा आउने छ । इन्स्योरेन्सको शेयर कारोबारका लागि नेप्सले न्यूनतम १०० दशमलव ८० रुपैयाँदेखि ३०२ दशलमव ४० रुपैयाँँ ओपनिङ रेन्ज तोकेको छ । कम्पनीको शेयर कारोबारका लागि नेप्सेले एनएमआइसी संकेत प्रदान गरेको छ ।

 

तपाईको प्रतिक्रिया