मातृभूमि लघुवित्त वित्तीय संस्था लिमिटेडले छैठौं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । सभाले संस्थापक र सर्वसाधारण समूहतर्फका नयाँ सञ्चालकहरू निर्वाचित गरेको छ ।

नेपाल राष्ट्र बैंकबाट ‘घ’ वर्गको इजाजतपत्र प्राप्त राष्ट्रिय कार्यक्षेत्र भएको यस लघुवित्त संस्थाको सञ्चालक समितिमा संस्थापक समूहबाट शम्भु प्रसाद घिमिरे, बिमला योगी, इन्द्र कुमार शाह र खडानन्द सापकोटा निर्वाचित भएका छन् ।

त्यस्तै, सर्वसाधारण समूहतर्फबाट भरत बहादुर हमाल र विनोद आचार्य सञ्चालकमा निर्वाचित भएका छन् ।

लघुवित्तले नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा पठाएको सूचना अनुसार नवनिर्वाचित सञ्चालकहरूको नाम र ठेगाना सार्वजनिक गर्दै निर्वाचन प्रक्रिया सफलतापूर्वक सम्पन्न भएको जनाएको छ ।

यससँगै नयाँ सञ्चालक समितिले मातृभूमि लघुवित्तको भावी रणनीति र संस्थागत सुदृढीकरणमा योगदान पुर्याउने विश्वास गरिएको छ।

 

तपाईको प्रतिक्रिया