चैत ३१ गते आइतबार प्रतितोला एक हजार रुपैयाँले बढेर एक लाख ८६ हजार रुपैयाँ पुगेको सुनको मूल्यले रेकर्ड तोडेको छ । आज प्रतितोला २७ सय रुपैयाँले बढेसँगै सुनको मूल्यले नयाँ उचाई चुमेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला दुई हजार ७०० रुपैयाँले बढेको छ । त्यस्तै आज चाँदीको मूल्य भने तोलामा १० रुपैयाँले बढेको छ ।
महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला एक लाख ८७ हजार रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला एक हजार ९५५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।
मंगलबार छापावाल सुनको मूल्य प्रतितोला एक लाख ८४ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो भने चाँदी तोलामा एक हजार ९४५ रुपैयाँमा कारोबार भएको थियो ।

Online Arthik










