सुनको भाउ तोलामा १ लाख ९० हजार रुपैयाँ नाघेको छ ।अघिल्लो दिन हालसम्मकै उच्च कायम भएको सुनको भाउले आजपनि नयाँ रेकर्ड बनाएको हो ।

अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य ३ हजार ६ सय रुपैयाँले बढेको छ । यो वृद्धिसँगै आज सुनको कारोबार प्रतितोला १ लाख ९० हजार ६ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बुधबारको कारोबारमा २७ सय रुपैयाँले बढेको सुनको भाउ प्रतितोला १ लाख ८७ हजार रुपैयाँमा किनबेच भएको थियो ।

आज चाँदीको मूल्य समेत बढेको छ । चाँदीको मूल्य ५ रुपैयाँले बढेर प्रतितोला १ हजार ९६० रुपैयाँ कायम भएको छ ।

 

तपाईको प्रतिक्रिया