
नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरूलाई लाभांश वितरण नगर्ने निर्णय भएको छ ।
वैशाख ३ गते बसेको सञ्चालक समितिको बैठकले लाभांश वितरण नगर्ने निर्णय गर्दै सो सम्बन्धी वित्तीय विवरण नेपाल राष्ट्र बैंकमा पठाउने तयारी गरेको लघुवित्तले जनाएको छ ।