छिमेक लघुवित्त वित्तीय संस्थाले १ लाख ४४ हजार ३८३ कित्ता संस्थापक सेयर आजदेखि बिक्रीमा राखेको छ । सेयर खरिदका लागि संस्थाका विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै खरिद आवेदन दिन सक्नेछन् । संस्थापक सेयरधनीहरुले सूचना प्रकाशित भएको ३५ दिनभित्र काठमाण्डौको मध्य बोनश्वरमा रहेको संस्थाको केन्द्रीय कार्यालयमा आवेदन दिनु पर्नेछ । सेयरको न्यूनतम मूल्य प्रतिकित्ता ३९० सय रुपैयाँ तोकिएको छ । निर्धारित समयभित्र संस्थापक सेयरधनीहरुबाट कुनै आवेदन नपरेमा अन्य व्यक्ति तथा कम्पनीलाई सेयर बिक्री गरिने संस्थाले जनाएको छ ।

Online Arthik









