नेपाली बजारमा सोमबार सुनको मूल्य तोलामा एक लाख ९१ हजार रूपैयाँ पुगेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यो मूल्य हालसम्मकै उच्च हो । अघिल्लो दिन आइतबारभन्दा सोमबार सुन तोलामा १२०० रूपैयाँले बढेको छ । आइतबार सुनको मूल्य प्रतितोला १ लाख ८९ हजार ८०० रूपैयाँ थियो । चाँदीको मूल्य भने स्थिर रहेको छ । आइतबार तोलामा १ हजार ९६० रूपैयाँ कायम भएको चाँदीको मूल्य सोमबार पनि सोही कायम भएको छ ।

Online Arthik









