पियोर इनर्जी लिमिटेडको आईपीओ बाँडफाँड भएको छ । उक्त आईपीओ धितोपत्र बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङको कार्यालयमा आज बिहान बाँडफाँड भएको हो ।

कम्पनीले गत चैत २८ गतेदेखि वैशाख २ गतेसम्म सर्वसाधारणका लागि आईपीओ निष्कासन गरेको थियो ।

कम्पनीले आम सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँ दरका कुल ११ लाख ९५ हजार २ सय कित्ता आईपीओ जारी गरेको थियो । नबिल इन्भेष्टमेन्ट बैंकिकका अनुसार कम्पनीको आईपीओमा कुल १८ लाख ५४ हजार ४९७ आवेदकबाट २ करोड १० लाख ५३ हजार ४६० कित्ता सेयर खरिदका लागि आवेदन परेको छ ।

यसमध्ये १८ लाख ४६ हजार ६६४ आवेदन सदर भएको र ६ हजार ४२६ आवेदन बदर भएको छ ।  यसरी कुल सदर आवेदकबाट २ करोड ९ लाख ४९ हजार ६० कित्ता सेयरका लागि खरिद आवेदन परेको छ ।

कुल सदर आवेदकमध्ये १ लाख १९ हजार ५२० जनालाई १० कित्ताका दरले ११ लाख ९५ हजार २ सय कित्ता सेयर बाँडफाँड गरिएको छ । यसरी बाँकी १७ लाख २७ हजार १४४ सदर आवेदकको हात भने खाली भएको छ ।

यो आईपीओमा न्यूनतम १० कित्ता र अधिकतममा १ लाख कित्तासम्म आवेदन दिन सकिने व्यवस्था गरिएको थियो । आईपीओको नतिजा मेरो सेयर तथा सिडिएस एण्ड क्लियरिङको वेबसाइटमार्फत हेर्न सकिनेछ ।

तपाईको प्रतिक्रिया