घरेलु बजारमा आज सुनको मूल्य अघिल्लो दिनको तुलनामा १ हजार रुपैयाँले घटेको छ ।

सुनको मूल्य प्रतितोला १ लाख ८९ हजार ६ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बिहिबार भने सुनको मूल्य २ सय रुपैयाँले बढेको थियो । उक्त दिन सुन मूल्य प्रतितोला १ लाख ९० हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको भाउ पनि घटेको छ । चाँदीको मूल्य आज १० रुपैयाँले घट्दै प्रतितोला २ हजार रुपैयाँ कायम भएको छ ।

तपाईको प्रतिक्रिया