गोरखा समाज अस्ट्रेलियाको छैटौ साधारण सभा हीजो मिति २०८२ साल वैशाख १४ गते मेरिल्यान्डस स्थित the garden function centre मा सम्पन्न भएको छ । करीब १०० जना गोरखाली तथा गोरखा समाजलाई माया गर्ने महानुभावको उपस्थितिमा उत्त कार्यक्रम सम्पन्न भएको हो ।
विविध सांस्कृतिक कार्यक्रम संगै dinner program पनी रहको उत्त कार्यक्रमले नया कार्यसमितिको छनोट पनी गरेको छ । योगेन्द्र जोशीको नेतृत्वमा नयाँ कार्यसमितिको गठन निर्विरोध भएको उत्त संस्थाका सलाहकार डिल्ली ढकालले बताउनु भयो।
समाजको उपाध्यक्षमा ईश्वरबाबु दाहाल, महासचिवमा राजु पोखरेल, सचिवमा कृष्ण भट्ट, कोषाध्यक्षमा सुजन श्रेष्ठ, प्रवक्तामा रीतु श्रेष्ठ र पब्लिक अफिसरमा सन्जिव अमगाई निर्विरोध चयन भएका छन ।
युवा संयोजकमा अन्जन श्रेष्ठ, महिला संयोजकमा सुमित्रा मगराती र कार्यसमिति सदस्यमा दिनेश श्रेष्ठ, प्रेम खड्का, रेखा भट्ट, सविता डल्लाकोटी, उद्धव पोखरेल, रेश्मा ढकाल, विनय पन्त र विजयजंग थापालाई चयन गरिएको निवार्चन समितिका संयोजक डिल्ली ढकालले जानकारी दिए ।
चाहे ७२ को भूकम्प होस या कोभीडको बेला नै किन नहोस प्रत्यक्ष/ अप्रत्यक्ष रूपमा गोरखा का बिभिन्न स्थानमा आर्थिक तथा विविध सामाग्री तथा उपकरण सहयोग गरेको स्मरण गर्दै भोलिका दीनमा पनी गोरखाको विविध विकासमा सघाउ पुर्याउने संस्थाको नव-निर्वाचित अध्यक्ष योगेन्द्र जोशीले बताउनुभायो ।
उत्त कार्यक्रममा president’s report संस्थाका निवर्तमान अध्यक्ष आनन्द श्रेष्ठ तथा treasure रिपोर्ट संस्थाका निवर्तमान कोषाध्यक्ष राजू पोखरेल ले पेश गर्नु भएको थियो ।
हरेक वर्ष blood donation तथा hiking कार्यक्रम गर्दै आएको यस संस्थाले मानव सेवा आश्रमका निम्ति अस्ट्रेलियाभर च्यारिटी कार्यक्रमको आयोजना गरेर कुल एक लाख ९३ हजार डलर सहयोग गरेको थियो ।

Online Arthik










