आन्दोलनरत शिक्षक महासंघ र सरकारबीच निर्णायक वार्ता आज हुने भएको छ । सोमबार र मंगलबार राति अबेरसम्म बसेको बैठक सकारात्मक भएपछि आज दिउँसो निर्णायक वार्ता हुने भएको हो ।मन्त्रालयमा भएको छलफलपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्तले अहिलेसम्मको छलफल सकारात्मक दिशामा अगाडि बढेको बताएका हुन् ।
उनले भने, ‘हाम्रो छलफल जारी छ । अहिलेसम्मको छलफल सकारात्मक दिशामा अगाडि बढेको छ । छिटो भन्दा छिटो यो सहमति टुंग्याएर अगाडि बढ्ने हाम्रो प्रयत्न छ । हामी यसलाई साझा सहमतिका आधारमा टुंग्याउने मैले विश्वास लिएको छु । हामी शिक्षकहरुसँग वार्तामा छौं । त्यो वार्ता सकारात्मक ढंगले अगाडि बढेको छ । सम्भव भएसम्म हामी त्यसलाई छिटो टुंग्याउने छौं सरकारको तर्फबाट।’
साथै उनले छिटो भन्दा छिटो यो शिक्षकहरुको मागलाई टुंग्याएर सरिकार अगाडि बढ्ने प्रयत्न गरिरहेको बताए । उनले साझा सहमतिका आधारमा शिक्षकहरुको माग टुंग्याउने बताए ।


Online Arthik












