नेशनल लाइफ इन्स्योरेन्सको चालु आर्थिक वर्ष २०८१/८२ को तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ।
विवरण अनुसार कम्पनीको खुद नाफा ५.२० प्रतिशत बढेको छ । गत वर्षको चैतसम्म कम्पनीले ३८ करोड ८३ लाख ७९ हजार रुपैयाँ खुद नाफा आर्जन गरेमा यस अवधिमा ४० करोड ८५ लाख २२ हजार रुपैयाँ आर्जन गरेको छ।
कम्पनीको कुल बीमा शुल्क १०.५९ प्रतिशत बढेर १४ अर्ब २६ करोड ९५ लाख रुपैयाँ आर्जन गरेको छ । गत वर्षको चैतसम्म कम्पनीले १२ अर्ब ९० करोड २८ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको थियो ।
यस अवधिमा कम्पनीको खुद दाबी भुक्तानी ९.९० प्रतिशत बढेर १५ अर्ब ६२ करोड ६७ लाख रुपैयाँ गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले १४ अर्ब २१ करोड ४ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको थियो ।
कम्पनीले १९ अर्ब ३७ करोड ८० लाख रुपैयाँ कुल आम्दानी गर्दा १८ अर्ब ३२ करोड ५९ लाख रुपैयाँ कुल खर्च गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले १७ अर्ब ५० करोड ३० लाख रुपैयाँ कुल आम्दानी गर्दा १६ अर्ब ४७ करोड ४० लाख रुपैयाँ कुल खर्च गरेको थियो ।
५ अर्ब २१ करोड २१ लाख रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको महाविपत्ति कोषमा ६१ करोड ६ लाख रुपैयाँ, रिटेन्ड अर्निङमा ८५ करोड ५१ लाख रुपैयाँ र अन्य इक्विटीमा ५१ करोड ६४ लाख रुपैयाँ रहेको छ ।
समीक्षा अवधिमा कम्पनीको जीवन बीमा कोषको आकार ८.९९ प्रतिशत बढेर ८१ अर्ब ३२ करोड ६० लाख रुपैयाँ पुगेको छ । गत वर्षको चैतमा जीवन बीमा कोषमा ६८ अर्ब ९२ करोड ७९ लाख रुपैयाँ थियो ।
कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) १०.३३ रुपैयाँबाट बढेर १०.४९ रुपैयाँ पुगेको छ ।
कम्पनीको प्रतिसेयर नेटवर्थ १३६.४७ रुपैयाँ छ भने मूल्य आम्दानी अनुपात ५९.५६ गुणा रहेको छ ।

Online Arthik










