नेप्सेमा सूचीकृत संगठित संस्थाहरुले नेप्सेले उपलब्ध गराएको एनओटीएस लगइन मार्फत प्रविष्ट सूचना तथा जानकारी नेप्सेको वेवसाइटबाट सम्प्रेषण भइरहेका छन् ।तर, कतिपय सूचीकृत संगठित संस्थाहरुले कम्पनीको प्रोफाइल, सम्पर्क विवरण, सञ्चालक समिति, वित्तीय विवरण आदिका सम्पूर्ण विवरणहरु प्रविष्ट तथा अद्यावधिक नगरेको हुँदा तत्काल नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)ले सूचीकृत कम्पनीहरूलाई वित्तीय विवरणदेखि अन्य सूचनाहरू पेस गर्न निर्देशन दिएको छ । धितोपत्र सूचीकरण विनियमावली, २०७५ को विनियम २२ तथा धितोपत्र सूचीकरण सम्झौता पत्रमा उल्लेखित विषयहरुको पूर्ण पालना गर्न समेत कम्पनीहरूलाई नेप्सेले सचेत गराएको छ ।

Online Arthik










