ल्याटिन अमेरिकी देश उरुग्वेका पूर्व राष्ट्रपति जोसे मुजिकाको ८९ वर्षको उमेरमा निधन भएको छ। जोसे मुजिका ‘पेपे’ भनेर चिनिन्थ्यो।

२०१० देखि २०१५ सम्म उरुग्वेका राष्ट्रपति रहेका पूर्व छापामार नेता मुजिकालाई उनको साधारण जीवनशैलीका लागि विश्वको ‘सबैभन्दा गरिब राष्ट्रपति’ भनेर चिनिन्थ्यो।

उरुग्वेका वर्तमान राष्ट्रपति, यामान्डु ओर्सीले एक्समा जोसे मुजिकाको मृत्युको बारेमा जानकारी दिँदै लेखे, ‘तपाईंले हामीलाई दिनु भएको सबै कुराको लागि र तपाईंका जनताप्रतिको गहिरो मायाको लागि धन्यवाद।’ पूर्व राष्ट्रपति मुजिकाको मृत्यु कसरी भयो भन्ने कुरा अझै स्पष्ट भएको छैन।यद्यपि उनी अन्ननलीको क्यान्सरबाट पीडित थिए।

 

तपाईको प्रतिक्रिया