पछिल्लो समय होटलको व्यापारमा उल्लेख्य वृद्धि भएको पाइएको छ । पर्यटक आवागन बढेसँगै होटल तथा रेष्टुरेन्टको आम्दानीमा सुधार आएको छ ।

होटलहरुको व्यवसाय बढेसँगै नाफामा पनि बढोत्तरी देखिएको छ । चालु आर्थिक वर्षको चैत मसान्तसम्म होटल तथा पर्यटन समुहका छ कम्पनीहरुको नाफा ८० करोड ३६ लाख १६ हजार रुपैयाँ रहेको छ ।

उक्त नाफा गत आवको सोही अवधिको तुलनामा होटलहरुको नाफा ४.२९ प्रतिशतले बढेको हो । गत वर्षको चैत मसान्तसम्म होटलहरुको नाफा ७७ करोड ५ लाख ३७ हजार रुपैयाँ रहेको थियो ।

हाल बजारमा होटल तथा पर्यटन समूहका ६ कम्पनी सूचीकृत छन् । सूचीकृतमध्ये सिटि होटल नोक्सानीमा रहेको छन् । यस अवधिमा आइपुग्दा ओरियन्टल होटलको नाफा पनि घटेको भने अन्य सबै कम्पनीहरु नाफामा रहेका छन् ।

पछिल्लो समय पर्यटन आवागमनमा वृद्धि भएसँगै होटल तथा पर्यटन व्यवसायमा उल्लेख्य वृद्धि भएको छ । सन् २०२५ को जनवरी देखिनै पर्यटन आवागन उच्च छ ।

नेपालमा विदेशी पर्यटकको संख्या बढ्दा यसको प्रत्यक्ष प्रभाव होटल व्यवसायमा देखिएको छ । विदेशी पर्यटकहरुको बढ्दो आगमनले होटलहरुको नाफामा सुधार देखिएको हो ।

सञ्चालित कम्पनीहरुमा चन्द्रागिरि हिल्स र कालिञ्चोक दर्शनको मुख्य व्यापार केबुलकार सञ्चालन बापत सेवा शुल्क हो भने सोल्टी, तारागाउँ रिजेन्सी, ओरियन्टल र सिटीको मुख्य व्यापारमा होटल व्यवसाय रहेको छ ।

 

तपाईको प्रतिक्रिया