तेह्रथुम पावर कम्पनीले जारी गर्न लागेको हकप्रद सेयरका लागि नेप्सेमा कम्पनीको सेयरमूल्य समायोजन भएको छ ।

समायोजनपश्चात कम्पनीको सेयरमूल्य प्रतिकित्ता ३४७.०६ रुपैयाँ कायम भएको छ ।

समायोजन हुनुअघि कम्पनीको अन्तिम कारोबार मूल्य प्रतिकित्ता ५९४.११ रुपैयाँ कायम थियो । आजको कारोबारदेखि कम्पनीको सेयर नयाँ समायोजित मूल्यका आधारमा कारोबारमा आउनेछ ।कम्पनीले हाल कायम चुक्तापूँजी शतप्रतिशत अर्थात १ः१ अनुपातमा ४० करोड रुपैयाँ बराबरको प्रतिसेयर रु. १०० अंकित दरका ४० लाख कित्ता हकप्रद निष्कासन गर्नेछ ।

 

तपाईको प्रतिक्रिया