ट्रेड टावर कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको आईपीओ बाँडफाँटपश्चात सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्न लागेको हो।
कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा सर्वसाधारणका लागि आईपीओ जारी गर्न लागेको हो । कम्पनीले जारी पूँजी ८१ करोड ५६ लाख ९ हजार ७०० रुपैयाँको ४८.६९६ प्रतिशत शेयर आईपीओ निष्काशन गर्ने अनुमति पाएको थियो।
जसमध्ये ३ लाख ९७ हजार १६९ दशलव ३० कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरी बाँडफाँट गरिसकेको छ । त्यस्तै सामूहिक लगानी कोषहरुका लागि १ लाख ९८ हजार ५८४ दशमलव ६५ कित्ता र कर्मचारीहरुका लागि ७९ हजार ४३३।८६ कित्ता शेयर निष्काशन गरी बाँडफाँट गरिसकेको छ।
बाँकी रहेको ३२ करोड ९६ लाख ५० हजार ५१९ रुपैयाँ बराबरको ३२ लाख ९६ हजार ५०५ दशमलव १९ कित्ता शेयर सर्वसाधारणभाका लागि निष्काशन गर्न लागेको हो। कम्पनीको आईपीओमा न्यूनतम १० कित्ता शेयरका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा एक हजार कित्तासम्म आवेदन दिन सकिनेछ।
कम्पनीको शेयरमा जेठ १९ गतेसम्म आवेदन दिन सकिने छ भने ढिलोमा जेठ २८गतेसम्म निष्कासनमा रहने छ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल लिमिटेड रहेको छ।
लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरु तथा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडबाट निर्माण गरिएको सफ्टवेयर ‘मेरो शेयर’ अनलाईन प्रयोग गरी सि–आस्बा प्रणाली मार्फत आवेदन दिन सक्नेछन्।

Online Arthik










