अघिल्लो दिन स्थिर रहेको सुनको भाउ आज बुधबार भने स्थानिय बजारमा एकैदिन ५ हजार रुपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ लाख ८९ हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको छ ।
मंगलबार भने सुनको मूल्य प्रतितोला १ लाख ८४ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदीको भाउ समेत बढेको छ । अघिल्लो दिन प्रतितोला १ हजार ९४० रुपैयाँमा कारोबार भएको चाँदीको भाउ आज ५० रुपैयाँले बढेको छ । यो वृद्धिसँगै चाँदीको कारोबार प्रतितोला १ हजार ९९० रुपैयाँमा भईरहेको छ

Online Arthik










