नेपाल बिमा प्राधिकरणले ‘बिमा प्रतिबिम्ब’ सुरु गरेको छ । विभिन्न तथ्यांक तथा सूचना आम सर्वसाधारणले समेत बुझ्न सहज होस् भन्ने ढंगमा प्राधिकरणले बिमा प्रतिबिम्ब सुरु गरेको हो ।
बिमा प्राधिकरणका कार्यकारी निर्देशक तथा प्रवक्ता सुशीलदेव सुवेदीका अनुसार बिमासँग सम्बन्धित तथ्यांकहरु सहज ढंगमा मानिसले हेर्न तथा अध्ययन गर्न सकुन् भन्ने उद्देश्यले बिमा प्रतिबिम्ब सुरु गरिएको हो ।
मासिक तथ्यांक संस्करणमार्फत बिमा पहुँच, बिमकहरूको वित्तीय अवस्था, दाबी, बिमालेख संख्या, बिमाशुल्क संकलन लगायतका प्रमुख सूचकहरुको समावेश हुनेछ ।
यो विश्लेषण बिमा क्षेत्रको पारदर्शिता, जवाफदेहिता, तथा नीतिनिर्माणका लागि आधार हुने बताइएको छ । बिमकहरु, नीति निर्माता, अनुसन्धानकर्ता, र आम सर्वसाधारणलाई उपयोगी जानकारी प्रदान गर्ने उद्देश्यले तयार पारिएको प्राधिकरणले जनाएको छ ।


Online Arthik












