आज अघिल्लो दिनको तुलनामा सुन ७ सय रुपैयाँले महङ्गिएको छ ।

यससँगै सुनको कारोबार प्रतितोला १ लाख ८८ हजार ५ सय रुपैयाँमा भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

अघिल्लो दिन भने सुनको कारोबार प्रतितोला १ लाख ८७ हजार ८ सय रुपैयाँमा भएको थियो । उक्त दिन सुनको मूल्यमा १५ सय रुपैयाँको गिरावट आएको थियो ।

आज चाँदीको भाउ भने घटेको छ । चाँदीको मूल्य आज १५ रुपैयाँले घट्दै प्रतितोला १ हजार ९८० रुपैयाँ कायम भएको छ ।

 

तपाईको प्रतिक्रिया