नेपाल राष्ट्र बैंकको कार्यकारी निर्देशक किरण पण्डित प्रवक्ता तोकिएका छन् । उनलाई आजदेखि लागु हुनेगरी राष्ट्र बैंकको प्रवक्ता तोकिएको हो ।
वि.सं.२०६२ सालमा बैंक सेवामा प्रवेश गरेका पण्डितको बैंक सुपरिवेक्षण विभाग, बैंक तथा वित्तीय संस्था नियमन विभाग, वित्तीय समावेशिता तथा ग्राहक संरक्षण महाशाखा लगायतको कार्यानुभव रहेको छ ।
हाल उनी भुक्तानी प्रणाली विभागमा कार्यरत छन् ।


Online Arthik











