प्रभु क्यापिटलले सर्वसाधारणलाई प्रतिइकाइ १० रुपैयाँको दरले खुलामुखी म्युचुअल फन्ड योजनाको अन्तर्गत ‘प्रभु सिस्टमेटिक इन्भेस्टमेन्ट स्किम’ इकाइ बिक्री खुलाउने भएको छ।

काठमाडौं। प्रभु क्यापिटलले ‘प्रभु सिस्टमेटिक इन्भेस्टमेन्ट स्किम’ इकाइ बिक्री आगामी जेठ २३ देखि खुलाउने भएको छ। कम्पनीले सर्वसाधारणलाई प्रतिइकाइ १० रुपैयाँको दरले खुलामुखी म्युचुअल फन्ड योजनाको इकाइ बिक्री गर्ने भएको हो।

कुल ४ करोड इकाइमध्ये ७.५ प्रतिशत अर्थात् ३० लाख इकाइ कोष प्रवर्द्धक प्रभु बैंकलाई र अर्को ३० लाख इकाइ योजना व्यवस्थापक प्रभु क्यापिटललाई सुरक्षित गरिएको छ। बाँकी इकाइमध्ये पहिलो चरणमा सर्वसाधारणलाई २ करोड ५० लाख बिक्री खुलाइने प्रभु क्यापिटलले जानकारी दिएको छ।

यसमा लगानीकर्ताले न्यूनतम १०० देखि अधिकतम ३१ लाख इकाइसम्म छिटोमा जेठ २७ सम्म आवेदन दिन सक्नेछन्। तोकिएको समय सबै इकाइ बिक्री नभए असार ६ सम्म खुला रहने कम्पनीले बताएको छ।

इकाइ बाँडफाँट भएको ३ महिनाभित्र वितरक तोकिने योजना व्यवस्थापक प्रभु क्यापिटलले जनाएको छ।

तपाईको प्रतिक्रिया