अपर हेवाखोला हाईड्रोपावर कम्पनीको कुल ३५ लाख ३० हजार कित्ता सेयरको लक इन अवधि असार ३१ गते समाप्त हुन लागेको छ ।

कम्पनीको संस्थापक सेयर, स्थानिय बासिन्दाका लागि बाँडफाँड गरिएको तथा कर्मचारीका लागि सुरक्षित गरिएको सेयरको लक इन अवधि हुन लागेको कम्पनीले जनाएको छ।

लक इन अवधि खुल्न लागेको कुल सेयरमा ३० लाख कित्ता संस्थापक सेयर, स्थानिय बासिन्दालाई बाँडफाँड गरिएको ५ लाख कित्ता र कर्मचारीका लागि सुरक्षित गरिएको ३० हजार कित्ता रहेको छ । कम्पनीको सञ्चालक समितिका पदाधिकारी तथा उच्च व्यवस्थापन तहमा रहेका कर्मचारीहरुले भने खरिद बिक्री गर्न नपाउने कम्पनीले जनाएको छ ।

तपाईको प्रतिक्रिया