बजेट भाषण कार्यान्वयनमा संघीय मन्त्रालयहरूको नतिजा औसत देखिएको छ । अर्थ मन्त्रालयका अनुसार चालु आर्थिक वर्ष २०८१/८२ मा सबै मन्त्रालयको नतिजा मूल्यांकनबाट यस्तो देखिएको हो ।
यो वर्ष सरकारले १८ खर्ब ६० अर्ब ३० करोड रुपैयाँ बराबर बजेट कार्यान्वयन गरिरहेको छ । चैत मसान्तसम्म ११ खर्ब ६९ अर्ब ६६ करोडमात्र खर्च गर्न सकेको छ ।
यसमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयदेखि सबैजसो संघीय मन्त्रालयको प्रदर्शन कमजोर छ । कार्यालयको गत आव २०८०/८१ को चालुतर्फको प्रगति ७७.०९ प्रतिशत र पूँजीगत तर्फको प्रगति ४८.८९ प्रतिशत थियो । यस वर्ष चैतसम्म चालुतर्फ ५३.८१ प्रतिशत र पूँजीगत तर्फ २६.३९ प्रतिशतमात्र खर्च भएको देखिन्छ ।

Online Arthik










