हिमालयन बैंक लिमिटेडले संस्थापक सेयरधनी हविव बैंक लिमिटेडको संस्थापक सेयर बिक्रीमा राखेको छ ।

नेपाल राष्ट्र बैंकको स्वीकृति पाएसँगै पाकिस्तानको हबिब बैंकले हिमालयन बैंकमा रहेको संस्थापक सेयर बेच्ने भएको हो ।।  यो सेयर खरिदका लागि बैंकको विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै खरिद आवेदन दिन सक्नेछन् । संस्थापक सेयरधनीहरुले सूचना प्रकाशित भएको ३५ दिनभित्र आवेदन दिनु पर्नेछ । यस्तो आवेदन काठमाण्डौको कमलादीमा रहेको बैंकको कानून विभागमा पेश गर्नुपर्नेछ ।

सेयरको न्यूनतम प्रतिकित्ता मूल्य ११२.८० रुपैयाँ निर्धारण गरिएको छ ।

उक्त निर्धारित मितिभित्र संस्थापक सेयरधनीहरुबाट सेयर खरिदका लागि आवेदन नपरेमा अन्य व्यक्ति तथा कम्पनीलाई सेयर बिक्री प्रक्रिया अघि बढाइने बैंकले जनाएको छ ।

तपाईको प्रतिक्रिया