सिम्रिक एयर कम्पनीले आईपीओ निष्कासनका विशेष प्रस्तावसहित साधारण सभा आयोजना गर्ने भएको छ । असार ३ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले यही असार २५ गते काठमाण्डौमा रहेको कम्पनीको रजिष्टर्ड कार्यालयमा साँझ ५ बजेदेखि सभा आयोजना गर्ने निर्णय गरेको हो । उक्त सभामा प्रिमियमा आईपीओ जारी गर्ने र बोनस सेयर वितरण गर्ने विेशष प्रस्ताव पारित गरिनेछ ।
यस्तै आव २०८०/८१ को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिनुका साथै लेखापरीक्षणको प्रतिवेदनसहित उक्त आवको वित्तीय विवरणहरु समेत पारित गरिनेछ ।

Online Arthik









