दोर्दी खोला जलविद्युत कम्पनीको कुल ८४ लाख १२ हजार ९६० कित्ता सेयरको लक इन अवधि असार ७ गते समाप्त भएको छ ।
कम्पनीको संस्थापक सेयर, आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि बाँडफाँड गरिएको तथा कर्मचारीका लागि सुरक्षित गरिएको सेयरको लक इन अवधि समाप्त भएको छ ।
लक इन अवधि खुलेको कुल सेयरमा ७५ लाख ९० हजार ६७५ सय कित्ता संस्थापक सेयर, आयोजना क्षेत्रका स्थानिय बासिन्दालाई बाँडफाँड गरिएको ७ लाख ५६ हजार ४२० सय कित्ता र कर्मचारीका लागि सुरक्षित गरिएको ६५ हजार ८६५ कित्ता रहेको छ ।

Online Arthik









