पिपुल्स पावर कम्पनीले हाल कायम चुक्तापूँजी ६३ करोड २६ लाख रुपैयाँबराबरको ५० प्रतिशत अर्थात १ः०.५० अनुपातमा रु.१०० अंकित दरका ३१ लाख ६३ हजार कित्ता हकप्रद सेयर जारी गर्ने भएको छ ।
कम्पनीले हकप्रद सेयर निष्कासन प्रयोजनका लागि गत असार २ गते एक दिनका लागि बुक क्लोज गरेको थियो । यसर्थ, असार १ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरु मात्रै कम्पनीद्वारा जारी गरिने हकप्रद खरिदका लागि योग्य हुनेछन् ।
कम्पनीको हकप्रद निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा प्रभु क्यापिटल लिमिटेड रहेको छ । कम्पनीले नेपाल धितोपत्र बोर्डबाट जेठ २ गते हकप्रदका लागि स्वीकृती प्राप्त गरेको थियो । लगानीकर्ताले बिक्री प्रबन्धक प्रभु क्यापिटलका साथै प्रभु बैंकको इलाम, जाउलाखेल,वीगञ्ज,पोखरा, बुटवल,सुर्खेत र धनगढी शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्।
यसैगरी, नेपाल धितोपत्र बोर्डबाट इजाजत प्राप्त सि–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था तथा ‘मेरो सेयर’ बाट समेत आवेदन दिन सक्नेछन्। यो हकप्रदमा आवेदन दिने अन्तिम मिति साउन ११ गते निर्धारण गरिएको छ । हकप्रदबाट प्राप्त रकम नबिल बैंकको ऋण भुक्तानी गर्नका लागि उपयोग गरिनेछ ।
`

Online Arthik










