गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स कम्पनीले जारी गरेको कुल २२ लाख ५० हजार कित्ता सेयरमध्ये सामुहिक लगानी कोषका लागि छुट्टाइएको ५ प्रतिशत अर्थात १ लाख १२ हजार ५ सय कित्ता सेयरको लक इन अवधि साउन ४ गते समाप्त हुन लागेको छ ।  सामुहिक लगानी कोषका लागि बाँडफाँड गरिएको सेयर ६ बाँडफाँड गरिएको मितिले ६ महिनासम्म लक इनमा राख्नुपर्ने प्रावधान रहेको छ । कम्पनीले २०८१ पुस १९ गतेदेखि २४ गतेसम्म सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँ दरका १८ लाख ४५ हजार कित्ता आईपीओ सर्वसाधारणका लागि जारी गरेको थियो । उक्त आईपीओ बाँडफाँड माघ ६ गते भएको थियो ।

तपाईको प्रतिक्रिया