खानीखोला हाइड्रोपावर कम्पनीले १ः१ अनुपातमा  हकप्रद सेयर निष्कासनका लागि बुक क्लोजको मिति तय गरेको छ । हकप्रद सेयर निष्कासन प्रयोजनका लागि कम्पनीले आगामी असार २७ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ ।  यसर्थ, असार २६ गतेसम्म नेप्सेमा कारोबार भई कायम हुने सेयरधनीहरु मात्रै कम्पनीद्वारा जारी गरिने हकप्रद खरिदका लागि योग्य हुनेछन् ।

कम्पनीले १ः१ अनुपातमा प्रति सेयर रू. १०० दरका ४६ करोड ५७ लाख १४ हजार रपैयाँ बराबरको कुल ४६ लाख ५७ हजार १४३ कित्ता हकप्रद सेयर निष्कासन गर्नेछ । कम्पनीको हकप्रद निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा सिटिजन्स क्यापिटल रहेको छ । । कम्पनीले नेपाल धितोपत्र बोर्डबाट असार १० गते हकप्रदका लागि स्वीकृती प्राप्त गरेको थियो ।

 

तपाईको प्रतिक्रिया