विकाश हाईड्रोपावर  कम्पनीले असार १८ गतेदेखि सर्वसाधारणका लागि २९ लाख ४२ हजार ७६० कित्ता सेयर जारी गरेको आईपीओ खरीदका लागि आवेदन दिने आज अन्तिम दिन हो ।

कम्पनीले गत वेशाख १५ गते प्रतिसेयर रू. १०० अंकित दरका ४४ लाख ५४ हजार ५९६ कित्ता साधारण सेयर  निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो ।

जसमध्ये अति प्रभावित क्षेत्र गोर्खा जिल्लाको धार्चे गाउँपालिकाको वडा न. ४ र ५ मा स्थायी बसोवास गर्नेका लागि ३ लाख ६३ हजार ६४० कित्ता तथा प्रभावित क्षेत्र गोर्खा जिल्लाको धार्चे गाउँपालिका वडा नं. १,२,३, ६ र ७ मा स्थायी बसोवास गर्ने स्थानियका लागि ५ लाख ४५ हजार ४६१ कित्ता र नेपाल सरकारको सम्वन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी वैदेशिक रोजगारीमा रहेका नेपालीहरुको लागि ३ लाख ५४ हजार ५५० कित्ता सेयर गत जेठ ६ गतेदेखि २० गतेसम्म जारी गरिएको थियो ।

आजदेखि जारी गरिएको आईपीओमा आम सर्वसाधारणले न्यूनतम १० कित्ता र अधिकतममा १० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनले तोकेका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् ।

यसका साथै  लगानीकर्ताले मेरो सेयरबाट समेत आवेदन दिन सक्नेछन्।

इक्रा नेपालले कम्पनीलाई आईपीओ निष्काशनको लागि ‘इक्रा एनपी इस्यूअर रेटिङ ट्रिपल बी माइनस’ रेटिङ प्रदान गरेको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको जनाउँछ ।

यो आईपीओ निष्काशन बन्द छिटोमा असार २२ गते  र ढिलोमा असार ३२ गते हुनेछ।कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा प्रभु क्यापिटल लिमिटेड रहेको छ ।

यो कम्पनीको आईपीओ पहिलो चरणमै ओभरसब्सक्राइब्ड भइसकेको छ ।

 

तपाईको प्रतिक्रिया