ग्लोबल आइएमई क्यापिटल लिमिटेडले आज(असार २२ गते)देखि सामूहिक लगानी कोष ‘ग्लोबल आइएमई समुन्नत योजना २’ को इकाईको बिक्री खुलाएको छ ।
यो योजना प्रारम्भमा १ अर्ब २० करोडको कोष आकारबाट सुरु हुनेछ भने बढीमा २५ प्रतिशतसम्म वृद्धि गर्दै १ अर्ब ५० करोडसम्म विस्तार गर्न सकिने ‘ग्रीनसुओ अप्सन’ सहितको व्यवस्था गरिएको छ ।
यस योजनाले इक्विटी तथा निश्चित आम्दानीयुक्त साधनहरूमा लगानी गरी सन्तुलित रुपमा जोखिम व्यवस्थापन गर्दै लगानीकर्तालाई दीर्घकालीन लाभ दिने उद्देश्य राखेको दाबी गरिएको छ ।


Online Arthik











