प्रभु बैंकले संस्थापक सेयरधनीहरुको स्वामित्वमा रहेको कुल २१ लाख ५ हजार ६७५ कित्ता संस्थापक सेयर आजदेखि बिक्रीमा राखेको छ ।

विद्यमान संस्थापक सेयरधनीका लागि विभिन्न मितिमा ३५ दिने सूचना जारी गरी बिक्रीमा राखिएकोमा कुनै आवेदन नपरेकाले आम सर्वसाधारणका लागि यो सेयर बिक्री गर्न लागिएको बैंकले जनाएको छ ।

यो सेयर खरिदका लागि आम सर्वसाधारणले सूचना प्रकाशित भएको १५ दिनभित्र बबरमहलमा रहेको बैंकको केन्द्रीय कार्यालयमा नेपाल राष्ट्र बैंकले तोके बमोजिमको ‘फिट एण्ड टेष्ट’को मापदण्ड पुरा हुने कागजातसहित आवेदन दिनुपर्नेछ ।

 

तपाईको प्रतिक्रिया