जोशी हाईड्रोपावर कम्पनीले हाल कायम चुक्तापूँजी ३७ करोड १४ लाख रुपैयाँबराबरको ६५ प्रतिशत अर्थात १ः०.६५ अनुपातमा रु.१०० अंकित दरका २४ लाख १४ हजार १ सय कित्ता हकप्रद सेयर जारी गर्ने भएको छ ।
कम्पनीले हकप्रद सेयर निष्कासन प्रयोजनका लागि गत असार ८ गते एक दिनका लागि बुक क्लोज गरेको थियो । यसर्थ, असार ७ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरु मात्रै कम्पनीद्वारा जारी गरिने हकप्रद खरिदका लागि योग्य हुनेछन् ।
हकप्रदमा आवेदन दिने अन्तिम मिति भदौ ४ गते निर्धारण गरिएको छ ।
कम्पनीको हकप्रद निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा लक्ष्मी सनराइज क्यापिटल लिमिटेड रहेको छ । कम्पनीले नेपाल धितोपत्र बोर्डबाट जेठ २६ गते हकप्रदका लागि स्वीकृती प्राप्त गरेको थियो । लगानीकर्ताले बिक्री प्रबन्धक लक्ष्मी सनराइन क्यापिटल काठमाण्डौका साथै जोशी हाईड्रोको कार्यालय र लक्ष्मी सनराइज बैंक इलाम शाखाबाट आवेदन दिन सक्नेछन्।
यसैगरी, नेपाल धितोपत्र बोर्डबाट इजाजत प्राप्त सि–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था तथा ‘मेरो सेयर’ बाट समेत आवेदन दिन सक्नेछन्। हकप्रद निष्कासनका लागि कम्पनीलाई क्रेडिट रेटिङ संस्था केयर रेटिङले केयर–एनपी बी९आईएस०सिंगल बी इस्युअर रेटिङ प्रदान गरेको छ । जसले कम्पनीको समयमा वित्तीय दायित्व बहन गर्ने क्षमतामा उच्च जोखिम रहेको संकेत गर्छ ।

Online Arthik









