बन्दिपुर केवलकार एण्ड टुरिजम लिमिटेडले साउन ६ गतेदेखि आईपीओ निष्कासन तथा बिक्री आवेदन खुला गर्ने भएको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरुका लागि कुल १० लाख ९५ हजार ४०० कित्ता आईपीओ जारी गर्न लागेको हो ।

कम्पनीले नेपाल धितोपत्र बोर्डबाट ५८ करोड ६० लाख रुपैयाँबराबरको प्रति सेयर रू. १०० अंकित दरका ५८ लाख ६० हजार कित्ता साधारण सेयर निष्कासन गर्न अनुमति पाएको थियो ।

जसमध्ये जारीपूँजीको २ प्रतिशत अर्थात रु. १०० अंकित दरका ५ लाख ६६ हजार ५ सय कित्ता आयोजना प्रभावित क्षेत्र (तनहुँ जिल्लाको बन्दीपुर गाउँपालिकाका सबै वडाहरु,आँवुखैरेनी गाउँपालिकाका सबै वडा,भानु नगरपालिका वडा न. १ तथा गोरखा जिल्लाको पालुङटार नगरपालिका वडा न. ७)का स्थानिय बासिन्दाका लागि र सर्वसाधारणका लागि छुट्टाइएको ५२ लाख ९४ हजार सेयरमध्येको १० प्रतिशत अर्थात रु. १०० अंकित दरका ५ लाख २९ हजार ४०० कित्ता सेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा रोजगारी गरिरहेका नेपालीहरुका लागि जारी गरिनेछ ।

 

तपाईको प्रतिक्रिया