हिम स्टार उर्जा  कम्पनीको आइपीओ आज बिक्री प्रबन्धक एनआइसी एशिया क्यापिटल लिमिटेडको कार्यालयमा बाँडफाँड भएको छ ।

बिक्री प्रबन्धकका अनुसार आइपीओमा २० लाख ४४ हजार ४५६ जनाको आवेदन परेकोमा १८ लाख ९५ हजार ३७६ जनाको आवेदन सदर भएको थियो ।

त्यस्तै, २ करोड ४० लाख १३ हजार ९७० कित्ताका लागि आवेदन परेकोमा २ करोड १२ लाख ३१ हजार ३३० कित्ता लागि परेको आवेदन मात्रै सदर भएको थियो ।

कम्पनीको आइपीओ ७७ हजार ३९७ जनाले १० कित्ता सेयर प्राप्त गरेका छन्, भने ५ जनाले ११ कित्ता सेयर पाएका छन् ।

सदर भएका आवेदकमध्ये १८ लाख १७ हजार ९७४ जनाको हात रित्तो भएको छ । कम्पनीको आइपीओ सिडिएस एण्ड क्लियरिङ्खले सञ्चालन गरेको वेबसाइटमार्फत हेर्न सकिनेछ ।

 

तपाईको प्रतिक्रिया