नेपाल एसबीआई  बैंकले असार ३० गतेदेखि १ हजार अंकित दरका कुल ३० लाख इकाइ भएको ‘७ प्रतिशत नेपाल एसबीआई बैंक ऋणपत्र–२०९०’ ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन रहेको छ।

यो ऋणपत्रको कुल इकाइमध्ये ६० प्रतिशत अर्थात १८ लाख इकाइ बैंकले व्यक्तिगत तरबबाट बिक्री गर्नेछ। बाँकी १२ लाख इकाइमा सर्वसाधारणले खरिद आवेदन दिन पाउनेछन्। सो मध्ये ५ प्रतिशत अर्थात ६० हजार इकाई सामूहिक लगानी कोषका लागि छुट्टाइएको छ ।

यो ऋणपत्रमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त सी–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनले तोकेका शाखाहरुबाट आवेदन दिन सकिने।सीडीएससीको ‘मेरो सेयर’मार्फत आवेदन पनि दिन सकिनेछ।

लगानीकर्ताले यो ऋणपत्रमा न्यूनतम २५ इकाइदेखि अधिकतममा १२ लाख इकाइसम्म खरिद आवेदन दिन सक्नेछन्।

बैंकको यो १० वर्षे अवधिको ऋणपत्र हो। यसमा लगानीकर्ताले वार्षिक ७ प्रतिशत ब्याज पाउनेछन्। ऋणपत्र बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड रहेको छ।

 

तपाईको प्रतिक्रिया