जेठ २९ गतेसम्म कायम नेपाल इन्स्योरेन्सको सेयरधनीले हकप्रद सेयरमा आवेदन दिन सक्नेछन् ।

कम्पनीले हालको १० कित्ता बराबर ३.४७८३ कित्ताका दरले हकप्रद सेयरमा आवेदन खुलाएको छ । साउन २६ गतेसम्म यसमा आवेदन दिन सकिनेछ ।

नियामक बीमा प्राधिकरणले तोकेको चुक्ता पूँजी साढे २ अर्ब पुर्‍याउनका लागि कम्पनीले हकप्रद सेयर निष्कासन गर्न लागेको हो । हाल कम्पनीको चुक्ता पूँजी १ अर्ब ८९ करोड रुपैयाँ छ । ३४.७८३ प्रतिशत हकप्रद सेयर निष्कासनपछि चुक्ता पूँजी ६५ करोड ७६ लाख रुपैयाँ थप हुन गई २ अर्ब ५४ करोड पुग्नेछ ।

हकप्रद सेयर निष्कासनका लागि कम्पनीले इन्फोमेरिक्स क्रेडिट रेटिङबाट ए माइनस रेटिङ पाएको छ । जसले कम्पनीको दायित्व वहन क्षमता औसतभन्दा राम्रो स्तरमा रहेको जनाउँछ । सोमबार बजार बन्द हुँदा सेयर मूल्य प्रतिकित्ता ६७० रुपैयाँ छ ।

 

तपाईको प्रतिक्रिया