गत आर्थिक वर्षमा कुल १७ अर्ब १२ करोड ८९ लाख रुपैयाँबराबरको सुन आयात भएको छ । भन्सार विभागका अनुसार गत आर्थिक वर्ष २०८१/८२ मा कुल एक हजार ३ सय ८९ केजी सुन आयात भएको छ । भन्सार विभागका अनुसार यस आवमा १३ लाख ८९ हजार ५ सय १६ ग्राम सुन आयात भएको हो । जसको लागत १७ अर्ब १२ करोड ८९ लाख ५० हजार रुपैयाँ बराबर छ ।

सुन आयातका माध्यमबाट सरकारले १ अर्ब ८५ करोड ६८ लाख ६० हजार बराबर राजस्व संकलन गरेको भन्सार विभागको तथ्यांक छ ।

यस वर्ष १८ खर्ब रुपैयाँ बराबरको वस्तु आयात भएकोमा सुन पहिलो १५ वस्तुभित्र परेको छ । पहिलो स्थानमा डिजेल छ । दोस्रो स्थानमा सोयाबिन तेल छ ।

तपाईको प्रतिक्रिया