सुनको मूल्य घट्ने क्रम आजपनि जारी रहेको छ ।

लगातार दुईदिन घटेको सुनको मूल्य आजपनि घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य ११ सय रुपैयाँले घटेको छ ।

यससँगै आज सुनको मूल्य प्रतितोला १ लाख ९३ हजार ६ सय रुपैयाँमा सीमित बनेको छ ।

गत शुक्रबार सुनको मूल्य ५ सय रुपैयाँले घटेको थियो । उक्त दिन एक तोला सुनको कारोबार १ लाख ९४ हजार ७ सयमा भएको थियो ।

यस्तै आज चाँदीको भाउ पनि घटेको छ । चाँदी आज ५० रुपैयाँले घट्दै प्रतितोला २ हजार २९० रुपैयाँ कायम भएको छ ।

 

तपाईको प्रतिक्रिया