यूनाइटेड अजोड इन्स्योरेन्स कम्पनीले १९ हजार ८८२ कित्ता संस्थापक सेयर आजदेखि बिक्रीमा राखेको छ । यो सेयर खरिदका लागि कम्पनीका विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै खरिद आवेदन दिन पाउनेछन् । सेयरको न्यूनतम मूल्य प्रतिकित्ता २१५ रुपैयाँ निर्धारण गरिएको छ । विद्यमान संस्थापकहरुले सूचना प्रकाशित भएको ३५ दिनभित्र सुन्धारामा रहेको कम्पनीको केन्द्रीय कार्यालयमा आवेदन दिनुपर्नेछ ।
निर्धारित मितिभित्र कुनै आवेदन नआएमा अन्य व्यक्ति तथा कम्पनीसलाई सेयर बिक्रीको प्रक्रिया अघि बढाइने कम्पनीले जनाएको छ ।

Online Arthik










