नेपाल पुनर्बीमा कम्पनी सञ्चालक समितिको बैठकले अर्थमन्त्रालयको स्वीकृति लिई कायम सेयरधनीलाई शत प्रतिशत हकप्रद सेयर जारी गरी पूँजी वृद्धि गर्ने निर्णय गरेको छ । साथै सो प्रस्ताव आगामी साधारण सभामा पेश गर्ने निर्णय कम्पनीले गरेको छ ।

आगामी माघ मसान्तसम्म पुनर्बीमा कम्पनीहरुले न्यूनतम चुक्ता पूँजी २० अर्ब रुपैयाँ पुर्‍याउनेगरी प्रस्ताव गरेका छन् । त्यसैले नेपाल पुनर्बीमा कम्पनीले शत प्रतिशत हकप्रद सेयर जारी गर्ने भएको हो । हाल कम्पनीको चुक्ता पूँजी १३ अर्ब ४२ करोड रुपैयाँ छ ।

 

तपाईको प्रतिक्रिया