श्वेत गंगा  हाईड्रोपावर एण्ड कन्स्ट्रक्सन लिमिटेड कम्पनीको कुल ९६ लाख ८९ हजार ५०० कित्ता सेयरको लक इन अवधि साउन १७ गते समाप्त भएको छ ।

उक्त मितिमा कम्पनीको संस्थापक सेयर, आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि बाँडफाँड गरिएको तथा कर्मचारीका लागि सुरक्षित गरिएको सेयरको लक इन अवधि समाप्त भएको हो ।

लक इन अवधि खुलेको कुल सेयरमा ७३ लाख कित्ता संस्थापक सेयर, आयोजना क्षेत्रका स्थानिय बासिन्दालाई बाँडफाँड गरिएको १५ लाख ९३ हजार कित्ता र कर्मचारीका लागि सुरक्षित गरिएको ७ लाख ९६ हजार ५०० कित्ता रहेको छ ।

कम्पनीका सञ्चालक तथा उच्च व्यवस्थापकिय पदमा कार्यरत कर्मचारीहरुको हकमा नियमानुसार सेयर रोक्का रहने कम्पनीले जनाएको छ ।

 

तपाईको प्रतिक्रिया